Skip to content
kchakhabarehकेखबर
StoryNE onlyfirst: 2d agolast: 1d ago

जापानी प्रधानमन्त्री साने ताकाइची तीनदिने औपचारिक भ्रमणका लागि भारतमा

जापानकी प्रधानमन्त्री साने ताकाइची तीनदिने औपचारिक भ्रमणका लागि बुधबार नयाँ दिल्ली पुगेकी छन्। प्रधानमन्त्री बनेपछिको आफ्नो पहिलो भारत भ्रमणका क्रममा उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग द्विपक्षीय रणनीतिक साझेदारी र आर्थिक सुरक्षाका विषयमा छलफल गर्नेछिन्। यस भ्रमणमा सेमिकन्डक्टर, आर्टिफिसियल इन्टेलिजेन्स (एआई), इन्डो-प्यासिफिक सहकार्य र डलरप्रतिको निर्भरता घटाउने जस्ता महत्वपूर्ण विषयहरूमा वार्ता हुने बताइएको छ।

TopicsIndia
3 publishers · 4 headlines · developing over 5 hours
Broke firstGlobal Aawaj logoGlobal Aawaj

जापानकी प्रधानमन्त्री ताकाइची भारतमा, डलरप्रतिको निर्भरता घटाउने सहमति हुँदै

काठमाडौं । जापानकी प्रधानमन्त्री साने ताकाइची तीनदिने औपचारिक भारत भ्रमणका लागि नयाँ दिल्ली पुगेकी छन् । प्रधानमन्त्री बनेपछि उनको यो पहिलो भारत भ्रमण हो । भ्रमणका क्रममा उनी आज भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग हुने १६औँ

archives4 publishers
Coverage

3 more headlines since

first · 2d agolatest · 1d ago
  1. भारतसँग रणनीतिक साझेदारी र आर्थिक सहकार्य विस्तारमा जापानको जोड

    नयाँदिल्ली- जापानकी प्रधानमन्त्री साने ताकाइचीले भारतसँगको रणनीतिक साझेदारी, आर्थिक सुरक्षा, लगानी र नवप्रवर्तनमा सहकार्यलाई नयाँ उचाइमा पुर्‍याउने प्रतिबद्धता व्यक्त गरेका छन् । तीनदिने औपचारिक भारत भ्रमणका लागि नयाँदिल्ली पुगेकी ताकाइचीले भारतले गरेको न्यानो स्वागतप्रति आभार व्यक्त गर्दै भ्रमणप्रति उत्साहित रहेको बताएका हुन् । जापानी क्याबिनेटको जनसम्पर्क कार्यालयले सामाजिक सञ्जाल एक्समार्फत भारतको स्वागतका लागि धन्यवाद व्यक्त गर्दै […]

  2. भारतसँग सहकार्य विस्तारमा जापानको जोड

    नयाँदिल्ली, असार १८ गते । जापानकी प्रधानमन्त्री साने ताकाइचीले भारतको तीनदिने औपचारिक भ्रमणका क्रममा द्विपक्षीय रणनीतिक साझेदारी, आर्थिक सुरक्षा, लगानी र नवप्रवर्तनमा सहकार्यलाई नय...

  3. भारत भ्रमणमा जापानी प्रधानमन्त्री ताकाइची, सेमिकन्डक्टर, एआई र इन्डो–प्यासिफिक सहकार्यमा वार्ता हुने

    काठमाडौं- जापानकी प्रधानमन्त्री सनाए ताकाइची तीनदिने औपचारिक भ्रमणका लागि बुधबार भारतको नयाँ दिल्ली पुगेकी छन्। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले उनको स्वागत गर्दै दुई देशबीचको ‘विशेष रणनीतिक तथा विश्वव्यापी साझेदारी’लाई अझ सुदृढ बनाउने विश्वास व्यक्त गरेका छन्। प्रधानमन्त्री मोदीले सामाजिक सञ्जाल एक्समार्फत ताकाइचीको स्वागत गर्दै उनको पहिलो भारत भ्रमणले द्विपक्षीय सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउने विश्वास व्यक्त गरे। […]

Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.