Skip to content
kchakhabarehकेखबर
StoryNE onlyHotfirst: 12h agolast: 11h ago

प्रधानमन्त्री बालेन शाहद्वारा संवैधानिक परिषद्को बैठक आह्वान, रिक्त पदहरूमा नियुक्ति मुख्य एजेन्डा

प्रधानमन्त्री बालेन शाहले शुक्रबार साँझ सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा संवैधानिक परिषद्को बैठक बोलाउनुभएको छ। बैठकको मुख्य एजेन्डा निर्वाचन आयोग लगायतका विभिन्न संवैधानिक निकायहरूमा रिक्त रहेका करिब १६ पदहरूमा नियुक्तिका लागि सिफारिस गर्ने रहेको छ। परिषद्का सदस्य एवं नेपाली कांग्रेसका नेता भीष्मराज आङ्देम्बेका अनुसार लामो समयदेखि रिक्त रहेका यी पदहरूको पूर्तिबारे बैठकमा छलफल हुनेछ।

4 publishers · 4 headlines · 4 in 24h · developing over 55 min
Broke firstBizmandu

बालेनले बोलाए संवैधानिक परिषद्को बैठक, १६ पदमा नियुक्तिको सिफारिस मुख्य एजेण्डा

काठमाडौं। प्रधानमन्त्री बालेन्द्र शाहले संवैधानिक परिषद्को बैठक बोलाएका छन्। उनले शुक्रबार अपराह्न ५ बजे प्रधानमन्त्री कार्यालयमा परिषद्‍को बैठक राखेका हुन्। बैठकमा संवैधानिक निकायकाे रिक्त पदमा नियुक्तिको सिफारिस सम्बन्धमा छलफल हुने परिषद्‍का सदस्य रहेका नेपाली कांग्रेसका संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले जानकारी दिए। हाल राष्ट्रिय प्राकृतिक सोत तथा वित्त आयोगमा अध्यक्षसहित तीन, निर्वाचन आयोगमा प्रमुख आयुक्तसहित […] The post बालेनले बोलाए संवैधानिक परिषद्को बैठक, १६ पदमा नियुक्तिको सिफारिस मुख्य एजेण्डा appeared first on BIZMANDU.

content4 publishers
Coverage

3 more headlines since

first · 12h agolatest · 11h ago
  1. प्रधानमन्त्री शाहद्वारा संवैधानिक परिषद्को बैठक आह्वान

    काठमाडौँ, असार १९ गते । प्रधानमन्त्री वालेन्द्र शाहले संवैधानिक परिषद्को बैठक बोलाउनुभएको छ ।प्रधानमन्त्रीका प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालका अनुसार प्रधानमन्त्री शाहले शुक्र...

  2. प्रधानमन्त्री बालेनले बोलाए संवैधानिक परिषद्को बैठक

    प्रधानमन्त्री वालेन्द्र शाह 'बालेन'ले संवैधानिक परिषद्को बैठक बोलाएका छन् । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज (शुक्रबार) साँझ ५ बजेका लागि बैठक बोलाएको हो ।प्रधानमन्त्रीले साँझ ५ बजेका लागि बैठकका बोलाएका परिषद्का एक सदस्यले लोकान्तरलाई जानकारी दिए ।आजको बैठकले संवैधानिक निकायहरूमा लामो समयदेखि रिक्त रहेका पदहरूमा नियुक्तिका लागि सिफारिस गर्ने सम्भावना छ ।हाल निर्वाचन आयोगमा प्रमुख निर्वाचन आयुक्तसहित दुई, राष्ट्रिय मानव अधिकार आयोगको सदस्य एक र मुस

    Lokaantar logoLokaantarPrivatestory4 publishers
  3. प्रधानमन्त्रीले बोलाए संवैधानिक परिषद्को बैठक

    १९ असार, काठमाडौं । संवैधानिक परिषद्का अध्यक्ष समेत रहेका प्रधानमन्त्री बालेन शाहले शुक्रबार अपराह्न ५ बजेका लागि बैठक डाकेका छन् । परिषद्को सचिवालय सम्बद्ध स्रोतका अनुसार, अहिलेसम्म तय भएको एजेन्डामा निर्वाचन आयोगमा रिक्त पदाधिकारी नियुक्त गर्ने विषय छ । त्यस्तै, अरू एजेन्डा तय हुन बाँकी रहेको स्रोतले बताएको छ । बालेन शाह प्रधानमन्त्री नियुक्त भएपछि […]

Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.