यौन दुर्व्यवहारमा दोषी जोसुकै भए पनि कारबाही : गृहमन्त्री
गृहमन्त्री सुधन गुरुङले यौन दुर्व्यवहारसम्बन्धी भिडियोप्रति मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको जनाउँदै घटनामा संलग्न व्यक्तिलाई कारबाही गरिने बताएका छन् ।ऋतु खनालको साहसको सम्मान गर्दै उनले कुनै पनि महिला वा छोरीचेलीमाथि हुने यौन दुर्व्यवहार सभ्य समाजका लागि अस्वीकार्य रहेको उल्लेख गरेका छन्।पीडितले आफ्नो पीडा पुष्टि गर्न भिडियो सार्वजनिक गर्नुपर्ने अवस्था आफैंमा चिन्ताजनक भएको उनको भनाइ छ। 'कुनै पनि महिला वा छोरीचेलीमाथि हुने यौन दुर्व्यवहार वा उत्पीडन सभ्य समाजका लागि कदापि स्वीकार्य