
सुनको मुन्द्रा लुट्न १० वर्षीय बालकको हत्या, मुख्य अभियुक्त पक्राउ
धनगढी । कैलालीको धनगढी उपमहानगरपालिका-१७, उत्तरखैरेनी मुक्त कमैया शिविरका १० वर्षीय तनुज चौधरीको हत्या प्रकरणमा प्रहरीले मुख्य अभियुक्तलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा गौरीगंगा नगरपालिका-६ निवासी २५ वर्षीय खेमराज कठायत (खगेन्द्र) रहेका छन्। जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) योगेन्द्र तिमिल्सिनाका अनुसार कठायतलाई भारततर्फ भाग्दै गरेको अवस्थामा धनगढी-२ स्थित भन्सार रोडबाट पक्राउ […]

