
जग्गा भ्रष्टाचार प्रकरणमा टोखा मालपोतका तत्कालीन प्रमुख खनालसहित २७ जनाविरुद्ध मुद्दा दायर
काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सरकारी कागजात सच्याएर निजी गुठीको जग्गा व्यक्तिको नाममा दर्ता गरेको अभियोगमा मालपोत कार्यालय, टोखा सरस्वतीका तत्कालीन कार्यालय प्रमुख सुबोध कुमार खनालसहित २७ जनाविरुद्ध विशेष अदालतमा आरोप–पत्र दायर गरेको छ । आयोगका अनुसार काठमाडौं जिल्लाको साविक साङ्ग्ला गाउँ विकास समिति वडा नम्बर ९ मा रहेको निजी गुठीको जग्गाहरू आपसी मिलेमतोमा सरकारी […]