मौलाकालिकामा पूजाआजासँगै शारीरिक व्यायाम गर्ने भक्तजनको घुइँचो
नवलपरासी- नवलपरासी (बर्दघाट-सुस्तापूर्व) को गैँडाकोट-१ मा अवस्थित ऐतिहासिक धार्मिकस्थल मौलाकालिका मन्दिरमा पूजाआजासँगै व्यायम गर्नका आउने मानिसको सङ्ख्या बढ्दै गएको छ। महेन्द्र राजमार्गको गैँडाकोटबाट करिब चार किलोमिटर उत्तरमा पहाडको टाकुरामो रहेको यस मन्दिरमा स्थानीयहरु दैनिक व्यायम गर्नसमेत आउने गरेका छन्। धार्मिक सेवा समिति मौलाकालीका अध्यक्ष खगेन्द्रदास कँडेलले टाढाटाढाबाट देवी कालीको दर्शन गर्न श्रद्धालुहरु आउने गरेका उल्लेख […]

