
विदेश होइन, गाउँमै भविष्य : उन्नत भैँसीपालनबाट मासिक एक लाख आम्दानी
पर्वत– बिहानको झिस्मिसे नहुँदै बिहादी गाउँपालिका–२ बर्राचौरस्थित देवेन्द्र पराजुलीको गोठमा चहलपहल सुरु हुन्छ । भैँसीलाई दाना–पानी खुवाउनेदेखि दूध दुहुनसम्मको काम सकिँदासम्म उहाँको दिन निकै अघि बढिसकेको हुन्छ । यही गोठ अहिले उहाँको आम्दानीको मुख्य आधार
