Skip to content
kchakhabarehकेखबर
StoryNE onlyfirst: 5d agolast: 5d ago

नक्कली भुटानी शरणार्थी प्रकरण: टेकनाथ रिजाललाई दुई वर्ष कैद र जरिवाना

काठमाडौँ जिल्ला अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न रहेको ठहर गर्दै भुटानी मानवअधिकारवादी नेता टेकनाथ रिजाललाई दुई वर्ष कैद र २० हजार रुपैयाँ जरिवानाको फैसला सुनाएको छ। न्यायाधीश तेजबहादुर खड्काको इजलासले मंगलबार रिजाललाई ठगी र संगठित अपराध लगायतका विभिन्न कसुरमा दोषी ठहर गर्दै उक्त सजाय निर्धारण गरेको हो। नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भनिएको यस बहुचर्चित प्रकरणमा अदालतले अन्य दोषीहरूलाई पनि सजाय सुनाएको छ।

3 publishers · 3 headlines · developing over 57 min
Broke firstOnlineKhabar logoOnlineKhabar

नक्कली शरणार्थी प्रकरण : टेकनाथ रिजाललाई २ वर्ष कैद, २० हजार रुपैयाँ जरिबाना

अदालतले रिजाललाई दोषी ठहर गर्दै २ वर्ष कैद र २० हजार रुपैयाँ जरिबानाको फैसला सुनाएको हो ।

Coverage

2 more headlines since

first · 5d agolatest · 5d ago
  1. टेकनाथ रिजाललाई नक्कली भुटानी शरणार्थी प्रकरणमा दुई वर्ष जेल सजाय

    काठमाडौँ । नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने बहुचर्चित प्रकरणमा काठमाडौँ जिल्ला अदालतले सक्कली भुटानी शरणार्थी तथा भुटानी मानवअधिकारवादी नेता टेकनाथ रिजाललाई दुई वर्ष कैद सजाय सुनाएको छ। न्यायाधीश तेजबहादुर खड्काको इजलासले मंगलबार सजाय निर्धारण गर्दै

    Ratopati logoRatopatiPrivatestory3 publishers
  2. टेकनाथ रिजाललाई दुई वर्ष कैद र २० हजार रुपैयाँ जरिवाना गर्ने फैसला

    नक्कली भुटानी शरणार्थी प्रकरणमा काठमाडौँ जिल्ला अदालतले भुटानी मानवअधिकारवादी नेता टेकनाथ रिजाललाई दुई वर्ष कैद र २० हजार रुपैयाँ जरिवाना गर्ने फैसला सुनाएको छ। न्यायाधीश तेजबहादुर खड्काको इजलासले मंगलबार यो बहुचर्चित प्रकरणका दोषीहरूलाई सजाय निर्धारण गर्ने क्रममा रिजाललाई चारवटा फरक-फरक कसुरमा दोषी ठहर गर्दै एकीकृत सजाय सुनाएको हो।अदालतको फैसलाअनुसार रिजाललाई सरकारी लिखत किर्ते कसुरमा १ वर्ष कैद र १० हजार रुपैयाँ जरिवाना, ठगी कसुरमा १ वर्ष कैद र १० हजार रुपैयाँ जरिवाना, संगठित अपराधमा १ वर

    Lokaantar logoLokaantarPrivatestory3 publishers
Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.