कराते टोली बंगलादेश प्रस्थान
१० औं दक्षिण एसियाली कराते प्रतियोगितामा नेपालबाट ८० खेलाडीले प्रतिस्पर्धा गर्ने भएका छन् । प्रतियोगिता बंगलादेशको ढाकामा जुलाइ १५ देखि १९ तारिखसम्म हुनेछ । टोली बुधबार बंगलादेश प्रस्थान गरेको छ ।टोलीलाई सफलताको शुभकामना दिँदै राष्ट्रिय खेलकुद परिषद् (राखेप) का उपाध्यक्ष विशाल श्रेष्ठ, राखेपका सदस्य–सचिव रामचरित्र मेहता, शिक्षा तथा खेलकुद मन्त्रालयका सल्लाहकार राजु सिंह, राखेप कार्यकारी समितिकी सदस्य सिक्का सुवाल श्रेष्ठ र राखेपका सदस्य पवन शाहीले एक कार्यक्रमबीच बिदाइ गरे । सो अवसरमा
