Skip to content
kchakhabarehकेखबर
StoryNE onlyfirst: 1d agolast: 9h ago

इजरायलमा केयरगिभरका लागि १ हजार ११५ नेपाली श्रमिक छनोट

इजरायलको जेरुसेलमस्थित जनसंख्या तथा अध्यागमन प्राधिकरणले लटरी प्रक्रियामार्फत केयरगिभर क्षेत्रका लागि १ हजार ११५ नेपाली सहायक कामदार छनोट गरेको छ। पारदर्शिता सुनिश्चित गर्न नेपाल र इजरायलका अधिकारीहरूको उपस्थितिमा छनोट प्रक्रियाको प्रत्यक्ष प्रसारण गरिएको थियो। वैदेशिक रोजगार विभागले अब छनोट भएका श्रमिकहरूलाई इजरायल पठाउने प्रक्रिया अगाडि बढाउनेछ। इजरायलले निकट भविष्यमा थप २,१०० भन्दा बढी रोजगारीका अवसरहरू खुला गर्न सक्ने बताइएको छ।

3 publishers · 4 headlines · 2 in 24h · developing over 1 day
Broke firstOnlineKhabar logoOnlineKhabar

इजरायल जान १ हजार ११५ केयरगिभर छनोट, १ हजार ९८५ थप लैजाने

३२ असार, काठमाडौं । इजरायलले नेपालबाट दीर्घकालीन स्याहार केन्द्र (केयरगिभर) मा काम गर्न १ हजार १ सय १५ नेपाली श्रमिक छनोट गरेको छ। इजरायली सरकारको छनोटमा परेकाहरूको वरियता सूची वैदेशिक रोजगार विभागलाई पठाइएको छ, जसका आधारमा अब श्रमिक पठाउने प्रक्रिया अघि बढाइनेछ। केयरगिभरका लागि २ हजार ३ सय जनाको माग भए पनि अंग्रेजी भाषा परीक्षामा […]

Coverage

3 more headlines since

first · 1d agolatest · 9h ago
  1. इजरायलले थप २ हजार १ सय नेपाली केयरगिभर लैजाने

    १ साउन, काठमाडौं । इजरायलले नेपालबाट थप २ हजार १ सयभन्दा बढी नेपाली केयरगिभर लैजाने भएको छ । इजरायलले निकट भविष्यमा केयरगिभरकै लागि थप २ हजार १ सय भन्दा बढी रोजगारी अवसर खुल्ने जनाएको हो । नेपालका लागि इजरायलका राजदूत श्मुलिक एरी बासले इजरायरमा नेपाली केयरगिभरको अत्यधिक माग रहेको बताउँदै त्यसका लागि थप कोटा खुल्ने […]

  2. इजरायल केयरगिभरका लागि आठ सय छत्तिस जना छनोट

    गोरखापत्र समाचारदाताकाठमाडौँ, साउन १ गते । इजरायलका दीर्घकालीन स्याहार केन्द्रमा नेपाली स्वास्थ्य सहायक (केयरगिभर) मा जाने ८३६ जनाको नाम सार्वजनिक गरिएको छ । यसअघि लिएको अङ्ग्रेजी...

  3. इजरायलका लागि ८३६ नेपाली सहायक कामदार छनोट, थप २१०० भन्दा बढी रोजगारी खुल्न सक्ने

    काठमाडौंइजरायलको केयरगिभर (स्याहारसुसार) क्षेत्रमा रोजगारीका लागि नेपाली सहायक कामदार छनोट गर्न गरिएको लटरी प्रक्रिया बिहीबार सफलतापूर्वक सम्पन्न भएको छ। इजरायलको जेरुसेलमस्थित जनसंख्या तथा अध्यागमन प्राधिकरण (पिबा) कार्यालयमा पारदर्शी र निष्पक्ष रूपमा गरिएको लटरीको प्रत्यक्ष प्रसारणमार्फत नेपाल र इजरायलका सम्बन्धित अधिकारी तथा सञ्चारकर्मीले समेत प्रक्रिया अवलोकन गरेका थिए। लटरी प्रक्रियामा कुल एक हजार ११५ जना उम्मेदवार […]

Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.