जापानी प्रधानमन्त्रीको लोकप्रियता दर ५० प्रतिशतभन्दा तल
काठमाडौँ- जापानी प्रधानमन्त्री सानाए ताकाइची नेतृत्वको सरकारको लोकप्रियता पहिलोपटक ५० प्रतिशतभन्दा तल झरेको छ। अक्टोबरमा सत्तामा आएयता बिहीबार प्रकाशित एक सर्वेक्षणले लोकप्रियता दर निकै घटेको देखाएको हो। जीजी प्रेसको सर्वेक्षणअनुसार अहिले ताकाइचीको मन्त्रिपरिषद्प्रति समर्थन ४९ प्रतिशत मात्र देखिएको छ। उनको सरकारप्रतिको समर्थनमा सबैभन्दा ठूलो गिरावट ६० देखि ७० वर्ष उमेर समूहका मतदातामा देखिएको छ, जसको समर्थन […]


