Skip to content
kchakhabarehकेखबर
StoryNE onlyfirst: 5d agolast: 5d ago

न्याय परिषद्द्वारा २०७ न्यायाधीशको सरुवा, विशेष अदालतको अध्यक्षमा बासुदेव आचार्य सिफारिस

न्याय परिषद्को बैठकले उच्च अदालतका ५० र जिल्ला अदालतका १५७ गरी कुल २०७ जना न्यायाधीशको सरुवा सिफारिस गरेको छ। बैठकले विशेष अदालतको अध्यक्षमा उच्च अदालत तुलसीपुरका न्यायाधीश बासुदेव आचार्यलाई नियुक्त गर्न सरकारलाई सिफारिस गरेको छ। त्यस्तै, श्रम अदालतको अध्यक्षमा दीपेन्द्र अधिकारीलाई र विभिन्न राजस्व न्यायाधीकरणहरूमा कानुन सदस्यहरू तोक्ने निर्णय समेत गरिएको छ।

5 publishers · 5 headlines · developing over 1 hour
Broke firstLokaantar logoLokaantar

उच्च र जिल्ला अदालतका २०७ न्यायाधीशको एकैसाथ सरुवा [सूचीसहित]

न्याय परिषद्ले उच्च अदालतका ५० र जिल्ला अदालतका १५७ जना न्यायाधीशको सरुवा सिफारिस गरेको छ ।बिहीबार बसेको परिषद्‌को बैठकले न्यायाधीशहरूको सरुवासँगै विशेष अदालत, श्रम अदालत र राजस्व न्यायाधीकरणहरूमा अध्यक्ष तथा कानून सदस्यहरू तोक्नका लागि समेत सरकारलाई सिफारिस गर्ने निर्णय गरेको छ ।न्याय परिषद्ले विशेष अदालत काठमाडौंको अध्यक्ष पदमा उच्च अदालत तुलसीपुरका न्यायाधीश बासुदेव आचार्यलाई तोक्न सिफारिस गरेको छ ।श्रम अदालतको अध्यक्ष पदमा उच्च अदालत सुर्खेतका न्यायाधीश दीपेन्द्र अधिकारीलाई तोक्न

story5 publishers
Coverage

4 more headlines since

first · 5d agolatest · 5d ago
  1. विशेष अदालतको अध्यक्षमा बासुदेव आचार्य सिफारिस, मुद्दा फर्छ्योटमा ‘अब्बल’ न्यायाधीश

    काठमाडौँ- न्याय परिषद्ले विशेष अदालतको अध्यक्षमा उच्च अदालत तुलसीपुरका न्यायाधीश बासुदेव आचार्यलाई नियुक्तिका लागि सरकारसमक्ष सिफारिस गरेको छ। परिषद्को बिहीबार बसेको बैठकले उच्च र जिल्ला अदालतका न्यायाधीशहरूको व्यापक सरुवासँगै विशेष अदालतको नेतृत्व परिवर्तन गर्ने निर्णय गरेको हो। हाल विशेष अदालतका अध्यक्ष रहेका न्यायाधीश सुदर्शनदेव भट्टको स्थानमा आचार्यलाई नियुक्त गर्न न्यायपरिषद्ले सरकारसमक्ष सिफारिस गरेको हो। न्यायिक […]

  2. भ्रष्टाचार हेर्ने विशेष अदालतको नेतृत्वमा बासुदेव आचार्य सिफारिस

    हाल विशेष अदालतको अध्यक्षका रूपमा कार्यरत सुदर्शनदेव भट्टलाई उच्च अदालत सुर्खेतमा सरुवा गर्न पनि परिषद्ले सिफारिस गरेको छ।...

    Nagarik News logoNagarik NewsPrivatesocial-affairs5 publishers
  3. विशेष अदालतको अध्यक्षमा न्यायाधीश बासुदेव आचार्य सिफारिस

    ३२ असार काठमाडौं । न्यायापरिषद्ले विशेष अदालतको अध्यक्षमा उच्च अदालत तुलसीपुरका न्यायाधीश बासुदेव आचार्यलाई तोक्ने सरकारलाई सुझाव दिएको छ । परिषद्को आजको बैठकले उच्च र जिल्ला अदालतका न्यायाधीहरूको व्यापक सरूवा गर्दै उच्च अदालतमा पनि अध्यक्ष फेर्न सिफारिस गरेको हो । अहिले विशेष अदालतका अध्यक्ष सुदर्शनदेव भट्ट थिए । त्यस्तै राजस्व न्यायाधीकरणका कानुन सदस्य एवं अध्यक्ष […]

  4. न्यायाधीशहरुको सरुवा : विशेष अदालतमा बासुदेव आचार्य, श्रम अदालतमा दीपेन्द्र अधिकारी

    काठमाडौं। बिहीबार बसेको न्यायपरिषद्को बैठकले ५० जना उच्च अदालतका न्यायाधीशहरुको सरुवा सिफारिस गरेको छ। विशेष अदालतको अध्यक्षमा बासुदेव आचार्य तोक्न सिफारिश गरिएको छ। विशेष अदालतमा अध्यक्षमा रहेका सुदर्शन देव भट्टलाई उच्च अदालत सुर्खेतमा सरुवा गरिएको छ। न्यायाधीश यमुना भट्टराईको उच्च अदालत पाटन, हेटौंडाबाट उच्च अदालत पोखरा, बाग्लुङ इजलासमा सरुवा सिफारिस गरिएको छ। न्यायाधीश उद्धव प्रसाद […] The post न्यायाधीशहरुको सरुवा : विशेष अदालतमा बासुदेव आचार्य, श्रम अदालतमा दीपेन्द्र अधिकारी appeared first on BIZMANDU.

    BizmanduPrivatecontent5 publishers
Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.