
सामान्य विवादमा खुकुरी प्रहार गर्ने पक्राउ
काठमाडौँ । भोजपुरको पौवादुङ गाउँपालिका ३ च्याङग्रेमा खुकुरी प्रहारबाट एक जना गम्भीर घाइते भएका छन । बुधबार राति १० बजे स्थानीय २७ वर्षीय धनकुमार राईलाई सोही स्थानका ६० वर्षीय गणेशबहादुर राईले खुकुरी प्रहार गरी गम्भीर घाइते बनाएका हुन । घाइतेको घाँटी पछाडिको भागमा गहिरो चोट लागेको छ । उनलाई उपचारका लागि धरान पठाइएको छ । […]
