एआई–सञ्चालित क्रिएटर मार्केटिङ प्लेटफर्म ‘Veel’ को नेपाल र भारतमा औपचारिक शुरूआत
व्यवसाय र भिडियो कन्टेन्ट क्रिएटरहरूलाई कृत्रिम बुद्धिमत्ता (एआई) को माध्यमबाट जोड्ने अन्तर्राष्ट्रिय प्लेटफर्म ‘Veel’ ले नेपाल र भारतमा आफ्नो सेवा औपचारिक रूपमा विस्तार गरेको छ। नेपाली–अमेरिकी उद्यमी दिलीप ढकालद्वारा स्थापित यो प्लेटफर्मले दक्षिण एसियाली बजारलाई लक्षित गर्दै काठमाडौँमा आयोजित एक विशेष समारोहका बीच आफ्नो सेवा शुभारम्भको घोषणा गरेको हो। अन्तर्राष्ट्रिय बजारमा बलियो उपस्थिति जनाइसकेको यस कम्पनीले दक्षिण एसियाली क्षेत्रमा गरेको यो पहिलो औपचारिक विस्तार ह
