कांग्रेस संस्थापन इतर समूहले साउन ६ मा छुट्टै कार्यक्रम गर्ने, सोही दिन राष्ट्रिय भेलाको घोषणा
नेपाली कांग्रेसको संस्थापन इतर (पूर्णबहादुर खड्का समूह) पक्षले बीपी स्मृति दिवसमा छुट्टै कार्यक्रम आयोजना गर्ने भएको छ । इतर समूहले आइतबार पत्रकार सम्मेलनमार्फत बीपी स्मृति दिवस मनाउन लागिएको जानकारी गराएको हो ।काठमाडौंको प्रज्ञा प्रतिष्ठानमा विशेष कार्यक्रम गर्ने र सोही कार्यक्रमबाट राष्ट्रिय भेलाको मिति घोषणा गरिने नेता मीन विश्वकर्माले जानकारी दिए ।सहमतिका प्रयास क्षीण बन्दै गएकोले राष्ट्रिय भेला बोलाउने तयारी गरिएको उनले बताए । सोही भेलामार्फत महाधिवेशनको मिति तोक्ने रणनीतिमा इतर प