दृष्टिविहीन बालबालिकाका लागि आवासीय भवन निर्माणमा नेपाल लाइफको सहयोग
नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) अन्तर्गत दृष्टिविहीन बालबालिकाका लागि निर्माणाधीन आवासीय भवन सम्पन्न गर्न आर्थिक सहयोग गरेको छ ।कम्पनीले काठमाडौं राउण्ड टेबल–१ मार्फत त्रिनेत्र फाउन्डेसनद्वारा निर्माण भइरहेको आवासीय भवनका लागि सहयोग उपलब्ध गराएको हो ।नेपाल लाइफका अनुसार नवनिर्मित भवनमा ६० जनासम्म दृष्टिविहीन बालबालिकालाई सुरक्षित, सहज र स्नेहपूर्ण बसोबासको व्यवस्था हुनेछ । भवनमा छात्रावास, कक्षाकोठा, सरसफाइका आवश्यक सुविधा, ब्रेल पुस्तकालय, स


