भारतमा विरोधको नयाँ शैली : लाठीचार्ज र अश्रुग्यासबीच ‘रिल्स र मिम’ को बाढी
काठमाडौँ- सोमबार २० वर्षीया छवि (परिवर्तित नाम) दिल्लीको एउटा मेट्रो स्टेशनबाहिर केही बेरका लागि रोकिइन्। छवि प्रधानमन्त्री नरेन्द्र मोदी सरकारविरूद्ध भइरहेको विरोध प्रदर्शनमा सहभागी हुन आएकी थिइन्। उनले आफ्नो फोन रलिङको आडमा राखिन्, केही पछाडि सरिन् र छोटो ‘फिट चेक’ भिडियो रेकर्ड गरिन्। यसमा उनले प्रदर्शनमा जानुअघि आफ्नो पहिरन देखाएकी थिइन्। उनले क्यामेरातिर मुस्कुराउँदै भनिन्,‘साथीहरू, […]
