Skip to content
kchakhabarehकेखबर
StoryNE onlyfirst: 4d agolast: 3d ago

सर्पदंशबाट बालकको मृत्युपछि सिरहाको भगवानपुरमा तनाव, स्वास्थ्य केन्द्र तोडफोड

सिरहाको भगवानपुर गाउँपालिका-४ स्थित प्राथमिक स्वास्थ्य केन्द्रमा सर्पदंशबाट एक बालकको मृत्यु भएपछि स्थानीयले विरोध प्रदर्शन गरेका छन्। उपचारमा ढिलाइ भएको र समयमै एम्बुलेन्स उपलब्ध नगराएको आरोप लगाउँदै आक्रोशित भीडले स्वास्थ्य केन्द्रमा तोडफोड गर्नुका साथै हुलाकी सडक अवरुद्ध गरेको छ। सप्तरीको बलान बिहुल गाउँपालिकाका ती बालक आफ्नी बिरामी आमासँग स्वास्थ्य केन्द्र पुगेका बेला सोही परिसरमा उनलाई सर्पले टोकेको थियो।

3 publishers · 4 headlines · developing over 21 hours
Broke firstNepal Press logoNepal Press

सर्पदंश भएका बालकको मृत्युपछि स्वास्थ्य केन्द्र तोडफोड

जनकपुरधाम । सिरहाको भगवानपुर गाउँपालिका–४ स्थित भगवानपुर प्राथमिक स्वास्थ्य केन्द्रमा सर्पदंश भएका एक बालकको उपचारका क्रममा मृत्यु भएपछि आक्रोशित स्थानीयले स्वास्थ्य केन्द्रमा तोडफोड गरेका छन् । मृतक सप्तरीको बलान बिहुल गाउँपालिकाका अरुण मण्डलका छोरा रोशन मण्डल रहेको स्थानीयले बताएका छन् । स्थानीयका अनुसार बिरामी आमासँग स्वास्थ्य केन्द्र पुगेका रोशनलाई स्वास्थ्य केन्द्र परिसरमै सर्पले डसेको थियो । […]

Coverage

3 more headlines since

first · 4d agolatest · 3d ago
  1. स्वास्थ्य चौकीभित्रै बालकलाई सर्पले टोक्यो, एम्बुलेन्स नपाउँदा मृत्यु भएपछि चक्काजाम

    जीवछ यादवलहान, साउन ९ गते । सिराहाको भगवानपुर स्वास्थ्य चौकी परिसरमा सर्पले टोकेका चार वर्षीय बालकको लहान लैजाने क्रममा बाटोमै मृत्यु भएपछि स्थानीयवासीले आन्दोलन सुरु गरेका छन्।स्व...

  2. सर्पदंशबाट बालकको मृत्यु, सिरहाको भगवानपुरमा तनाव

    सिरहा । सर्पदंशबाट घाइते बालकको उपचारका क्रममा मृत्यु भएपछि सिरहाको भगवानपुर गाउँपालिका तनावग्रस्त बनेको छ । उपचारमा ढिलाइ भएको र एम्बुलेन्स समयमै उपलब्ध नगराइएको आरोप लगाउँदै आक्रोशित स्थानीयले स्वास्थ्य केन्द्रमा तोडफोड गर्नुका साथै हुलाकी सडक अवरुद्ध गरेका छन् । भगवानपुर गाउँपालिका–४ कल्याणपुरस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा उपचारका लागि ल्याइएका सप्तरीको बलान बिहुल गाउँपालिकाका अरुण मण्डलका छोरा […]

  3. ‘अध्यक्षको अनुमति’ कुर्दाकुर्दै बालकको ज्यान गयो, सिरहामा चर्कियो आन्दोलन

    सिरहा । अस्पतालमा उपचार गराउन आएका एक बालकलाई अस्पतालमै मृत्यु भएको घटनालाई लिएर सिरहाको भगवानपुर गाउँपालिका तनावग्रस्त बनेको छ। भगवानपुर–४, कल्याणपुरस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा उपचारमा ढिलाइ भएको र एम्बुलेन्स तत्काल नचलाइएको आरोपपछि आक्रोशित स्थानीयले स्वास्थ्य केन्द्रमा तोडफोड गरेका छन्। त्यसपछि हुलाकी सडक अवरुद्ध गर्दै स्थानीयले आन्दोलन जारी राखेका छन्। स्थानीयका अनुसार, स्वास्थ्य केन्द्र परिसरमै सर्पले […]

Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.