राराब क्याम्पस पुगे शिक्षामन्त्री, शिक्षण गुणस्तर नबढे कारबाहीको चेतावनी
जनकपुरधाम- शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले उच्च शिक्षालाई समयानुकूल, प्रतिस्पर्धी र विद्यार्थीमैत्री बनाउन शिक्षण प्रणालीमा व्यापक सुधार आवश्यक रहेको बताएका छन्। साेमबार जनकपुरधामस्थित रामस्वरुप रामसागर बहुमुखी क्याम्पस (राराब) को निरीक्षण तथा प्राध्यापकहरूसँगको छलफलमा मन्त्री पोखरेलले संरचनागत सुधारसँगै गुणस्तरीय शिक्षण सिकाइलाई प्राथमिकतामा राख्नुपर्ने बताएका हुन्। उनले पुरानो क्याम्पस भएकाले केही चुनौती हुनु स्वाभाविक भए पनि समयअनुसार […]

