देवानगन्ज घटनाको विरोधमा विराटनगरमा प्रदर्शन
सुनसरीको देवानगन्ज घटनाको विरोधमा विराटनगरमा पनि प्रदर्शन भएको छ ।सोमबार दिउँसो केही व्यक्तिहरूको समूहले विराटनगरको मुख्य बजार क्षेत्रमा बन्द गराएका हुन् ।उनीहरूले नाराबाजी गर्दै पसलहरू बन्द गराएका छन् । जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी प्रमुख कबित कटवाका अनुसार उनीहरूले प्रदर्शन गरेपछि व्यवसायीले आफैं पसल बन्द गराएका बताए ।अहिले पसलहरू खुलाउने प्रयास भइरहेको उनको भनाइ छ ।गएराति सुनसरीको देवानगन्ज घटनामा गोली लागेर घाइते भएका २४ वर्षीय ओमप्रकाश मेहताको उपचारको क्रममा
