
कान्ति बाल अस्पतालको निर्देशकमा डा रामहरि चापागाईं नियुक्त
काठमाडौं। सरकारले झण्डै तीन वर्षपछि कान्ति बाल अस्पतालको नेतृत्व परिवर्तन गरेको छ। २०८० भदौ १३ गते अस्पतालको निर्देशक नियुक्त हुनुभएका डा. पंकज राय आजदेखि जिम्मेवारीमुक्त हुनुभएको छ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले सोमबार मन्त्रिस्तरीय निर्णय गर्दै डा. रायको स्थानमा एघारौँ तहका चिकित्सक डा. रामहरि चापागाईँलाई अस्पतालको नयाँ निर्देशकको जिम्मेवारी दिनुभएको हो । […]