म्यानपावरले रोजगारीको सूचना प्रकाशन गरेको ७ दिनपछि मात्रै श्रमिक छनोट गर्नुपर्ने
२२ साउन, काठमाडौं । वैदेशिक रोजगारीमा कामदार पठाउने इजाजतपत्र कम्पनी (म्यानपावर)ले अब रोजगारीको विज्ञापन (सूचना) प्रकाशित गरेको कम्तीमा सात दिनपछि मात्रै श्रमिक छनोट प्रक्रिया सुरु गर्नुपर्ने भएको छ । वैदेशिक रोजगार विभागले एक सूचना जारी गर्दै वैदेशिक रोजगार ऐन, २०६४ र नियमावली, २०६४ मा भएको व्यवस्थालाई कडाइका साथ कार्यान्वयन गर्न सबै म्यानपावर कम्पनीलाई निर्देशन दिएको […]

