Skip to content
kchakhabarehकेखबर
StoryNE onlyfirst: 12 Auglast: 12 Aug

प्रहरीमा भर्ना गरिदिने भन्दै १० लाख ठगी गर्ने पर्वतका एक व्यक्ति पक्राउ

प्रहरीमा जागिर लगाइदिने प्रलोभन देखाएर १० लाख रुपैयाँ ठगी गरेको आरोपमा पर्वत फलेवास नगरपालिका-१ का हरिबहादुर रसाइली पक्राउ परेका छन्। उनले गृह मन्त्रालयका उच्च अधिकारीहरूसँग आफ्नो राम्रो सम्बन्ध रहेको दाबी गर्दै पीडितबाट रकम असुलेको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ। बबरमहलबाट पक्राउ परेका रसाइलीलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर काठमाडौँ पठाइएको छ।

3 publishers · 3 headlines · developing over 8 hours
Broke firstLokaantar logoLokaantar

प्रहरीमा भर्ना गरिदिन्छु भन्दै ठगी गर्ने पक्राउ, गृहमन्त्रीसँग राम्रो सम्बन्ध रहेको भन्दै प्रलोभनमा पार्थे

प्रहरीमा भर्ती गराइदिने भन्दै रु १० लाख ठगी गरेको अभियोगमा एक जनालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा पर्वत फलेवास नगरपालिका–१ का हरिबहादुर रसाइली रहेका छन् ।उनले आफ्नो गृहमन्त्रालयको विशिष्ट अधिकारीसँग राम्रो सम्बन्ध रहेको, अन्तर्वार्तामा नाम प्रकाशित गरीदिन्छु भन्दै ठगी गरेको पाइएको छ ।काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक रामेश्वर कार्कीका अनुसार रसाइलीलाई बबरमहलबाट पक्राउ गरिएको हो । उनको थप अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर काठमाडौँ पठाइएको प्रहरी उपरीक्षक कार

story3 publishers
Coverage

2 more headlines since

first · 12 Auglatest · 12 Aug
  1. प्रहरीमा भर्ना गराइदिन्छु भन्दै ठगी गरेको आरोपमा एकजना पक्राउ

    काठमाडौं– प्रहरीमा भर्ना गराइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा काठमाडौं महानगरपालिका-१६ नयाँबजार बस्ने पर्वत फलेवास नगरपालिका-१ घर भएका ४६ वर्षीय हरि बहादुर रसाईलीलाई प्रहरीले पक्राउ गरेको छ । नेपाल प्रहरी प्रधान कार्यालय नक्सालबाट प्रहरी सहायक निरीक्षक पदमा खुल्ला तर्फ दरखास्त दिई लिखित लगायतका सबै परीक्षामा उत्तीर्ण भई अन्तर्वार्ता बाँकी रहेका आवेदकलाई आफ्नो गृह मन्त्रालयको विशिष्ट अधिकारीसँग राम्रो सम्बन्ध रहेको, अन्तर्वार्तामा नाम निकाली […]

  2. प्रहरीमा भर्ना गराइदिन्छु भन्दै १० लाख ठगी गर्ने पक्राउ

    काठमाडौं : प्रहरीमा भर्ती गराइदिने भन्दै १० लाख रुपैयाँ ठगी गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा पर्वतको फलेवास नगरपालिका–१ का हरिबहादुर रसाइली छन् । उनले गृह मन्त्रालयका विशिष्ट अधिकारीसँग आफ्नो राम्रो सम्बन्ध

    Pradesh Khabar logoPradesh KhabarPrivatearchives3 publishers
Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.