धनुषाबाट ३९ ग्रामभन्दा बढी खैरो हिरोइनसहित युवक पक्राउ
२९ साउन, जनकपुरधाम । धनुषामा लागुऔषध खैरो हिरोइनजस्तो देखिने पदार्थसहित एक युवक पक्राउ परेका छन् । प्रहरीले विशेष सूचनाका आधारमा औरही गाउँपालिका–५ स्थित डिप बोरिङभित्र बसिरहेका विदेह नगरपालिका–८ का २८ वर्षीय उमेश मण्डललाई पक्राउ गरेको हो । शंकास्पद अवस्थामा भेटिएका मण्डललाई चेकजाँच गर्दा उनको साथबाट डब्बासहित ६५ दशमलव ४४० ग्राम र डब्बाबाहेक ३९ दशमलव ३६० […]
