Skip to content
kchakhabarehकेखबर
StoryNE onlyHotfirst: 16 Auglast: 17h ago

शिक्षा मन्त्रालयको 'शिक्षा संवाद' कार्यक्रममा शिक्षक महासंघको आपत्ति

शिक्षा तथा खेलकुद मन्त्रालयले सातै प्रदेशमा आयोजना गरेको 'शिक्षा संवाद' कार्यक्रममा आफूहरूलाई सहभागी नगराएको भन्दै नेपाल शिक्षक महासंघले आपत्ति जनाएको छ। नयाँ शिक्षा ऐन निर्माणका लागि सुझाव संकलन गर्न सुरु गरिएको उक्त कार्यक्रममा आधिकारिक पेसागत संस्थालाई बेवास्ता गरिएको महासंघको ठहर छ। महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले संस्थागत प्रतिनिधित्व सुनिश्चित नगरिए आन्दोलनमा उत्रने चेतावनी दिनुभएको छ। यस्तै, नेपाल राष्ट्रिय शिक्षक संगठनले पनि शिक्षकका पेसागत समस्या र नीतिगत समाधानका लागि सरकारसँग संस्थागत सहभागिताको माग गरेको छ।

TopicsEducation
3 publishers · 17 headlines · 10 in 24h · developing over 6d 23h
Broke firstNepal Press logoNepal Press

‘शिक्षा संवाद’ मा बेवास्ता गरेको भन्दै महासंघको आपत्ति, आन्दोलनको चेतावनी

काठमाडौं । नेपाल शिक्षक महासंघले शिक्षा तथा खेलकुद मन्त्रालयले सातै प्रदेशमाा सुरू गरेको ‘शिक्षा संवाद’ मा संगठनलाई बेवास्ता गरेको भन्दै आपत्ति जनाएको छ । मन्त्रालयले सातै प्रदेशमा शिक्षा ऐन निर्माणअघि सरोकारवालासँग प्रत्यक्ष संवाद गर्ने उद्देश्यले कोशीबाट संवाद सुरू गरेको थियो । महासंघले शिक्षकहरूको आधिकारिक संस्थालाई सहभागी नगराइएको भन्दै आन्दोलनको चेतावनी दिएको हो । अध्यक्ष लक्ष्मीकिशोर […]

Coverage

16 more headlines since

  1. शिक्षकहरू सुविधामुखी, शिक्षामन्त्री भन्छन्- विद्यार्थीको पक्षमा कसैले बोल्दैनन्

    काठमाडौँ-सामुदायिक विद्यालयका लाखौँ विद्यार्थीका समस्या र आवश्यकता सार्वजनिक बहसबाटै ओझेलमा परेका छन्। विद्यार्थीका पक्षमा आवाज उठाउनुपर्ने शिक्षक, अभिभावक र सरोकारवालाको ध्यान शिक्षकका हकहित, सेवासुविधा र पेसागत सुरक्षामा बढी केन्द्रित हुँदा कक्षाकोठामा विद्यार्थीले दैनिक भोगिरहेका सिकाइ, पूर्वाधार र गुणस्तरका समस्या भने बहसको प्राथमिकतामा पर्न सकेका छैनन्। नेपाल शिक्षक महासंघले शुक्रबार ५४ बुँदे मागसहित शिक्षा तथा खेलकुद […]

  2. शिक्षक महासंघको प्रश्न- सरकार शिक्षकका पीडा किन सुन्दैन?

    काठमाडौँ- नेपाल शिक्षक महासंघले सरकारसमक्ष शिक्षक र विद्यालय कर्मचारीका समस्याबारे प्रश्न उठाउँदै तत्काल समाधान खोज्न आग्रह गरेको छ। शुक्रबार मन्त्रालयमा दर्ता गरिएको ध्यानाकर्षण पत्रमा शिक्षकका सेवासुविधा, अस्थायी व्यवस्थापन, स्थानीय भत्ता, स्वास्थ्य सुविधा र पेसागत सम्मानका विषयमा सरकार संवेदनशील नभएको उल्लेख गरिएको छ। महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले भने,‘शिक्षकका जायज मागप्रति सरकारले संवेदनशील बन्नैपर्छ।’ महासंघले ५४ बुँदे […]

  3. शिक्षक महासंघले प्रधानमन्त्री कार्यालयमा बुझायो ५४ बुँदे मागपत्र

    काठमाडौँ- शिक्षा तथा खेलकुद मन्त्रालयमा ५४ बुँदे मागपत्र बुझाएको नेपाल शिक्षक महासंघले त्यसको जानकारी प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पनि पेस गरेको छ। महासंघका अनुसार शिक्षकका मुद्दालाई सरकारको उच्च तहसम्म पुर्‍याउने उद्देश्यले प्रधानमन्त्री कार्यालयलाई समेत पत्र पठाइएको हो। अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले भने,‘यो विषयलाई केवल मन्त्रालयको सीमामा राख्न खोजिएको छैन।’ महासंघले शिक्षा सुधार र शिक्षकका हकहितसँग सम्बन्धित […]

  4. शिक्षा विधेयक छलफलमा शिक्षक संघसंगठनको संस्थागत सहभागिता सुनिश्चित गर्न सरकारसँग माग

    काठमाडौँ- नेपाल राष्ट्रिय शिक्षक संगठनले शिक्षक कर्मचारीका पेसागत समस्या र नीतिगत समाधानका विषयमा सरकारसँग गम्भीर छलफल र संस्थागत सहभागिता सुनिश्चित गर्न माग गरेको छ। संगठनका अध्यक्ष हंसबहादुर शाही र महासचिव प्रकाश खनालद्वारा जारी विज्ञप्तिमा शिक्षकको प्रतिनिधित्व कुण्ठित नगर्न, ट्रेड युनियन अधिकारको सम्मान गर्न र शिक्षक कर्मचारीका संस्थागत आवाजलाई शिक्षा ऐन निर्माण तथा नीतिगत छलफलमा समेट्न […]

  5. सरकारले 'शिक्षा संवाद' मा बेवास्ता गरेको भन्दै शिक्षक महासंघको आपत्ति

    काठमाडौँ । नेपाल शिक्षक महासंघले शिक्षक-कर्मचारीका पेसागत समस्या र नीतिगत समाधानबारे शिक्षा तथा खेलकुद मन्त्रालयले आयोजना गरेको शिक्षा संवाद कार्यक्रममा आफ्नो संस्थागत उपस्थिति नराखिएको भन्दै आपत्ति जनाएको छ । महासंघले साउन ३० गतेदेखि सातै

    Global Aawaj logoGlobal AawajPrivatearchives17 publishers
  6. शिक्षक महासंघले भन्यो- शिक्षा ऐन संवादमा आधिकारिक पेसागत संस्थालाई नबोलाइनु गम्भीर विषय

    काठमाडौँ- नेपाल शिक्षक महासंघले शिक्षा तथा खेलकुद मन्त्रालयको आयोजनामा सातै प्रदेशमा सञ्चालन भएको शिक्षक कर्मचारीका पेसागत समस्या र नीतिगत समाधानसम्बन्धी छलफल तथा सुझाव संकलन (नीति संवाद) कार्यक्रममा महासंघलाई सहभागी नगराइएको भन्दै आपत्ति जनाएको छ। महासंघले विज्ञप्ति जारी गर्दै शिक्षा ऐनले व्यवस्था गरेको आधिकारिक पेसागत संस्थाका रूपमा रहेको नेपाल शिक्षक महासंघलाई नीतिगत संवादमा उपस्थित नखोजिनु र […]

Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.