म चमत्कार नै गर्छु भन्दिनँ, केही नयाँ भयो भनेर जनताले बुझ्ने गरी काम गर्नेछु : मुख्यमन्त्री भट्ट
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले प्रदेश लामो समय बजेटविहीनताको अवस्थामा नरहने बताएका छन् । नयाँ सरकार गठनसँगै बजेट निर्माणको काम अघि बढिसकेको उनको भनाइ छ । मुख्यमन्त्री भट्टले सीमित स्रोतसाधनको अधिकतम् सदुपयोग गर्दै शिक्षा, स्वास्थ्य, सुशासन र जनताले प्रत्यक्ष अनुभूति गर्ने विकास योजनालाई प्राथमिकता दिइने बताए । 'पक्कै हामी फरक ढङ्गले काम गर्नेछौँ । बेथिति अन्त्य, भएको बजेट र स्रोतको अधिकतम सदुपयोग, टुक्रे होइन, जनताले अनुभूति गर्ने योजना, शिक्षा र स्वास्थ्यमा सुधारलगायत क




