
शैक्षिक परामर्श नियमावलीप्रति व्यवसायीको असन्तुष्टि, ‘एकतर्फी र अव्यवहारिक’ भएको आरोप
काठमाडौँ। सरकारले हालै ल्याएको शैक्षिक परामर्श व्यवसाय नियमावली एकतर्फी र व्यवसायलाई धराशायी बनाउने लक्ष्यका साथ आएको शैक्षिक सरोकारवालाहरूले बताएका छन् । नेपाल शैक्षिक परामर्श व्यवसायी महासंघद्वारा राजधानीमा सोमबार आयोजित नीति संवाद कार्यक्रमका अधिकांश सहभागीहरूले नियमावली “सरोकारवालासँग छलफल नगरी ल्याउँदा कार्यान्वयन गर्न कठिन हुन्छ भन्ने सामान्य हेक्का समेत सरकारले नराखेको‘, टिप्पणी गरे। गत असार २५ देखि राजपत्रमो […]

