
भद्रकाली मन्दिर धमाधम पुनर्निर्माण हुँदै
काठमाडौं– भद्रकाली मन्दिर परिसरको पुनर्निर्माण तीव्रगतिमा अघि बढेको छ । परिसरको पुनर्निर्माण परम्परागत वास्तुशैलीमा भइरहेको छ । भद्रकाली काठमाडौँको ऐतिहासिक तथा धार्मिक महत्व बोकेको पुरानो मन्दिर हो । निर्माणमा नेवारी परम्परागत शैली अपनाइएको छ । विसं २०७२ को भूकम्पबाट मन्दिर परिसरका संरचनामा क्षति पुगेको थियो । विसं २०८१ असारदेखि परिसरको पुनर्निर्माण सुरु गरिएको हो । […]


