नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा दीर्घ रावल नियुक्त
काठमाडौँ । नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा दीर्घ रावल नियुक्त भएका छन् । आज बसेको मन्त्रिपरिषद् बैठकले रावललाई डेपुटी गभर्नरमा नियुक्त गरेको हो । सूदूरपश्चिमका रावल राष्ट्र बैंक सुरपरीवेक्षण विभाग प्रमुखका रुपमा कार्यरत छन् । बिगत २० बर्षदेखि उनी निरन्तर राष्ट्र बैंकमै काम गरिरहेका छन् ।

