
सहसचिव कमल प्रसाद भट्टराई सचिवमा बढुवा, बागमती प्रदेशको प्रमुख सचिवमा पदस्थापन
काठमाडौं । सहसचिव कमल प्रसाद भट्टराई सचिवमा बढुवा भएका छन् । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले भट्टराइलाई सचिवमा बढुवा गरेको हो । उनलाई बागमती प्रदेशको प्रमुख सचिवमा पदस्थापन गरिएकाे छ । भट्टराई हाल बागमती प्रदेशको कायममुकाय प्रमुख सचिवका रुपमा रहेका छन् ।
