अख्तियार प्रमुख राईलाई रास्वपा सांसद न्यौपानेको प्रश्न : तपाईंमा पदमा रहिरहने नैतिकता छ ?
सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद यज्ञमणि न्यौपानेले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख प्रेमकुमार राईको नैतिकता प्रश्न उठाएका छन्। विभिन्न मुद्दा र अदालतका फैसलाहरु उल्लेख गर्दै उनले तिनमा राईको विषय जोडिएको भन्दै नैतिकतामा प्रश्न उठाएका हुन्।
