Skip to content
kchakhabarehकेखबर
StoryNE onlyfirst: 3d agolast: 3d ago

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पेटभित्र सुन लुकाएर ल्याउने बंगलादेशी नागरिक पक्राउ

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पेटभित्र सुनजस्तो देखिने धातु लुकाएर ल्याएको आरोपमा ३५ वर्षीय बंगलादेशी नागरिक मोहम्मद रसेल हल्दार पक्राउ परेका छन्। फ्लाई दुबईको उडानमार्फत दुबईबाट काठमाडौं आएका हल्दारलाई भन्सार क्षेत्र पार गरी पार्किङतर्फ जाँदै गर्दा प्रहरीले नियन्त्रणमा लिएको थियो। करिब १५० ग्राम तौल भएको उक्त पहेँलो धातु पक्राउ परेको पाँच दिनपछि उनको दिसाबाट निकालिएको प्रहरीले जनाएको छ।

5 publishers · 5 headlines · developing over 45 min
Broke firstLokaantar logoLokaantar

पेटभित्र लुकाएर ल्याएको सुनजस्तो धातुसहित बंगलादेशी नागरिक पक्राउ

काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पेटभित्र लुकाएर ल्याएको सुनजस्तो देखिने धातुसहित एक बंगलादेशी नागरिक पक्राउ परेका छन् ।विमानस्थल सुरक्षा कार्यालयका अनुसार दुबईबाट काठमाडौं आएका ३५ वर्षीय मोहम्मद रसेल हलदारलाई करिब १५० ग्राम तौलको सुनजस्तो देखिने धातुसहित पक्राउ गरिएको हो ।दुबई एयरलाइन्सको एफजेड ११३३ उडानबाट साउन ३१ गते बिहान साढे १० बजे काठमाडौं आएका हलदार विमानस्थलको अन्तर्राष्ट्रिय आगमनतर्फको भन्सार क्षेत्र पार गरी पार्किङ क्षेत्रमा जाने क्रममा प्रहरीको निगरानीमा परेका थिए ।

story5 publishers
Coverage

4 more headlines since

first · 3d agolatest · 3d ago
  1. पेटभित्र सुन लुकाएर ल्याउने बंगलादेशी नागरिक पक्राउ

    काठमाडौँ । पेटभित्र सुन लुकाएर नेपाल आएका एक बंगलादेशी नागरिकलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरिएको छ । दुबईबाट फ्लाई दुबईको उडानमार्फत साउन ३१ गते बिहान १०: ३० बजे काठमाडौँ आएका ३५ वर्षीय बंगलादेशी नागरिक

    Global Aawaj logoGlobal AawajPrivatearchives5 publishers
  2. पेटभित्र लुकाएर ल्याएको सुनसहित विमानस्थलमा बंगलादेशी नागरिक पक्राउ

    ५ भदौ, काठमाडौं । पेटभित्र लुकाएर ल्याएको सुनसहित एक बंगलादेशी नागरिक त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पक्राउ परेका छन् । पक्राउ पर्नेमा मोहम्मद रसेल हवल्दार छन् । त्रिभुवन विमानस्थल सुरक्षा प्रहरी कार्यालयले उनलाई पक्राउ गरेको हो । फ्लाई दुबईको एफजेट११३३ बाट उनी ३१ साउनमा काठमाडौं आएका थिए । शंका लागि सादा पोशाकको प्रहरीले उनलाई नियन्त्रणमा लिएको थियो […]

  3. पेटभित्र लुकाएर ल्याइएको सुनसहित बंगलादेशी नागरिक पक्राउ

    प्रहरीले दुबईबाट काठमाडौं आएका एक बंगलादेशी नागरिकको पेटभित्र लुकाएर ल्याइएको सुनजस्तो देखिने पहेँलो धातु बरामद गरेको छ।...

    Nagarik News logoNagarik NewsPrivateaparadh5 publishers
  4. बंगलादेशका हल्दारले निलेर काठमाडौं ल्याएको ‘सुन’ पक्राउको ५ दिनपछि दिशाबाट निस्कियो

    काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पेटभित्र सुनजस्तो धातु लुकाएर ल्याउने एक जना बंगलादेशी नागरिकलाई प्रहरीले गत २१ साउनमा पक्राउ गर्‍यो । पक्राउ पर्नेमा ३५ वर्षीय बंगलादेशी नागरिक मोहम्मद रसेल हल्दार रहेका थिए । विमानस्थल सुरक्षा कार्यालयका अनुसार हल्दार गत साउन ३१ गते फ्लाइ दुबईको उडानमार्फत दुबईबाट काठमाडौं आएका थिए । विमानस्थलको आगमनतर्फको भन्सार क्षेत्र पार […]

Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.