
बैतडीमा एक महिनामा २३० सवारी कारबाहीमा
बैतडी – जिल्लामा एक महिनाको अवधिमा ट्राफिक नियम उल्लङ्घन गर्ने २३० सवारीसाधन कारबाहीमा परेका छन् । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक सुरज सिंहका अनुसार साउनमा जिल्लाका विभिन्न स्थानमा ट्राफिक प्रहरीले गरेको जाँचका क्रममा नियम उल्लङ्घन गर्ने २३० सवारी कारबाहीमा परेका हुन्। कारबाहीमा परेका सवारीसाधनबाट जरिवानावापत रु दुई लाख २६ हजार राजस्व सङ्कलन भएको प्रहरी […]
