भारतीय मिडियामा छापिएको विश्लेषण- १५० दिनमै फिक्का भए बालेन !
आनन्द सिंह/इन्डिया टुडेनेपालको प्रधानमन्त्रीका रूपमा वालेन्द्र शाह (बालेन)ले कार्यभार सम्हालेको १५० दिन पूरा भएको छ । पुराना नेताहरूको दबदबा रहेको नेपालको राजनीतिक चक्रलाई तोडेर गत चैत १३ गते उनी प्रधानमन्त्री बनेका थिए । यद्यपि, प्रधानमन्त्री बन्दाको उनको त्यो छवि शासनको पहिलो १५० दिन पनि टिक्न नसके जस्तो देखिन्छ । एक र्यापर, स्ट्रक्चरल इन्जिनियर र काठमाडौंका तत्कालीन मेयर शाह विश्वकै पहिलो यस्तो क्रान्ति मानिएको जेन-जी वेभको लहरमा सवार भए, जसले बहालवाला सरकार ढाल्यो। चुनावमा उनले चार

