Skip to content
kchakhabarehकेखबर
StoryNE onlyHotfirst: 4h agolast: 2h ago

विराटनगरका सातवटा आँखा अस्पतालमा लगाइएको ताला १४ दिनपछि खोलियो

विराटनगरका सातवटा आँखा अस्पतालमा जिल्ला प्रशासन कार्यालय मोरङले लगाएको ताला १४ दिनपछि मंगलबार खोलिएको छ। मापदण्ड नपुगेको भन्दै प्रशासनले साउन २७ र २८ गते ती अस्पतालहरूमा शिलबन्दी गरेको थियो। कोशी प्रदेशसभामा सांसदहरूको विरोध र प्रदेश स्वास्थ्य मन्त्रालयको पत्रपछि यी अस्पतालहरू पुनः सञ्चालनमा आएका हुन्।

3 publishers · 3 headlines · 3 in 24h · developing over 2 hours
Broke firstLokaantar logoLokaantar

विराटनगरका ७ आँखा अस्पतालको ताला १४ दिनपछि खुल्यो

क्षेत्राधिकार मिचेर अस्पतालमा शिलबन्दी गरिएको भन्दै कोशी प्रदेशसभामा सांसदहरूले कडा आवाज उठाएपछि अन्ततः जिल्ला प्रशासन कार्यालय मोरङ पछि हटेको छ । विराटनगरका सातवटा आँखा अस्पतालमा लगाएको ताला १४ दिनपछि मंगलबार खोलिएको छ । गत साउन २७ र २८ गते मापदण्ड नपुगेको भन्दै प्रशासनले विराट आँखा अस्पताल, सञ्जीवनी आई केयर, हिमाल आँखा अस्पताल, विराट रानी आँखा अस्पताल, अखण्ड ज्योति, नेपाल आँखा अस्पताल र इफराह आँखा अस्पतालमा शिलबन्दी गरेको थियो ।सोमबार बसेको कोशी प्रदेशसभा बैठकमा सांसदहरूले स्वास्थ्य

story3 publishers
Coverage

2 more headlines since

first · 4h agolatest · 2h ago
  1. कानुनविपरीत सञ्चालन भएको भनिएका आँखा अस्पतालको सिल प्रदेश सरकारको पत्रपछि खुल्यो

    विराटनगर : कानुन तथा मापदण्डविपरीत सञ्चालन भइरहेको भन्दै जिल्ला प्रशासन कार्यालय मोरङको अगुवाइमा सिलबन्दी गरिएका विराटनगरका आँखा अस्पताल प्रदेश स्वास्थ्य मन्त्रालयको पत्रपछि पुनः सञ्चालनमा आएका छन् । जिल्ला प्रशासन कार्यालय मोरङ र कोशी प्रदेश स्वास्थ्य मन्त्रालयका

    Pradesh Khabar logoPradesh KhabarPrivatearchives3 publishers
  2. कोशी सरकारको विरोधपछि मोरङका ७ वटा आँखा अस्पतालको ताला खोलियो

    विराटनगर । विगत १४ दिनदेखि बन्द रहेका विराटनगरका सातवटा आँखा अस्पताल मंगलबारदेखि सञ्चालनमा आएका छन् । जिल्ला प्रशासन कार्यालय, मोरङले दुई साताअघि सिलबन्दी गरेका सातवटै अस्पतालको ताला मंगलबार खोलिएको हो । मापदण्ड नपुगेको उल्लेख गर्दै प्रशासनले साउन २७ र २८ गते विराट आँखा अस्पताल, सञ्जीवनी आई केयर, हिमाल आँखा अस्पताल, विराटरानी आँखा अस्पताल, अखण्ड ज्योति, […]

Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.