
विपद् प्राधिकरणको बैठक- उद्धार कार्यलाई तीव्रता दिने निर्णय, ८ वटा हेलिकप्टर परिचालन
काठमाडौं । विपद् प्राधिकरणको बैठकले भोटेकोशी बाढीपछि जोखिममा परेकाहरूको उद्धार कार्यलाई तीव्रता दिने निर्णय गरेको छ। बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै कांग्रेस संसदीय दलका नेता भीष्मराज आङदेम्बेले बाढी तथा अन्य विपद्बाट प्रभावित नागरिकको तत्काल उद्धार र राहतका लागि केन्द्रित हुने निर्णय गरेको बताए। बैठकले उपलब्ध सबै साधन–स्रोत परिचालन गरी प्रभावित क्षेत्रका नागरिकको उद्धार तथा राहत कार्यलाई […]
