Skip to content
kchakhabarehकेखबर
StoryNE onlyfirst: 2d agolast: 1d ago

त्रिशूली-३ बी जलविद्युत् आयोजनाका बेपत्ता इन्जिनियर हेमन्तराज जोशीको खोजी जारी

अपर त्रिशूली-३ बी जलविद्युत् आयोजनामा कार्यरत ३२ वर्षीय इन्जिनियर हेमन्तराज जोशी भोटेकोशीमा आएको बाढीपछि बेपत्ता भएको छैटौँ दिनसम्म पनि फेला परेका छैनन्। बझाङको जयपृथ्वी नगरपालिका-८ स्थायी घर भएका जोशीको अवस्था अज्ञात रहेपछि परिवारले सरकारसँग खोजबिनका लागि सम्पूर्ण स्रोत-साधन परिचालन गर्न आग्रह गरेको छ। उनकी श्रीमती हृदयश्वरी जोशी लगायत परिवारका सदस्यहरूले उद्धार कार्य तीव्र बनाउन माग गरिरहेका छन्।

3 publishers · 4 headlines · 1 in 24h · developing over 1d 2h
Broke firstRatopati logoRatopati

‘मेरो दाइलाई उद्धार गरिदिनुहोस्’

धनगढी । त्रिशूली–३बी जलविद्युत् आयोजनामा कार्यरत इन्जिनियर हेमन्तराज जोशी भोटेकोशीमा आएको बाढीपछि बेपत्ता भएका छन् । उनको खोजीका लागि परिवार यतिबेला सरकारसँग हारगुहार मागिरहेको छ । बझाङको जयपृथ्वी नगरपालिका–८ स्थायी घर भएका ३२ वर्षीय जोशी चन्द्रागिरी

story4 publishers
Coverage

3 more headlines since

first · 2d agolatest · 1d ago
  1. अपर त्रिशूली-१ का इन्जिनियर सचिन गौतम बेपत्ता, खोजीका लागि परिवारको हारगुहार

    काठमाडौं । विनाशकारी बाढीपछि सम्पर्कविहीन सुनसरीको दुहबी-४ घर भएका इन्जिनियर सचिन गौतमको छैटौँ दिनसम्म पनि कुनै अत्तोपत्तो छैन । परिवारले निरन्तर खोजीका लागि आग्रह गरिरहे पनि सचिनको अवस्थाबारे अहिलेसम्म कुनै जानकारी प्राप्त हुन सकेको छैन । २६ वर्षीय सचिन करिब डेढ वर्षदेखि रसुवास्थित अपर त्रिशूली १ (२१६ मेगावाट) जलविद्युत् आयोजना कोरियन डुसन कम्पनीमा इन्जिनियरका रूपमा […]

  2. अपर त्रिशूली ३ बी जलविद्युत् आयोजनामा फसेकाको उद्धारलाई तीव्रता दिन अपिल

    १५ भदौ, काठमाडौं । रसुवाको बाढीमा परेर सम्पर्कविहीन भएका इन्जिनियर हेमन्तराज जोशीको परिवारले सरकारलाई चाँडोभन्दा चाँडो अपर त्रिशूली–३ ‘बी’ जलविद्युत् आयोजना स्थलमा उद्धार कार्य अघि बढाउन अपिल गरेको छ । ६ दिनअघि आएको बाढीमा परी बेपत्ता भएका इन्जिनियर जोशीकी श्रीमती हृदयश्वरी जोशीले भिडियोमार्फत् अपर त्रिशूली–३ ‘बी’ जलविद्युत् आयोजना स्थलमा उद्धार कार्य अघि बढाउन अपिल गरेकी […]

  3. छैटौँ दिनसम्म पनि भेटिएनन् हेमन्तराज, खोजबिनका लागि परिवारको हारगुहार

    काठमाडौं । अपर त्रिशूली-३ बी जलविद्युत् आयोजनामा सम्पर्कविहीन भएका इन्जिनियर हेमन्तराज जोशीको अवस्थाबारे छैटौँ दिन सम्मपनि परीवारका सदस्यले कुनै सूचना पाएका छैनन् ।। हेमन्तराजको खोजी तीव्र बनाउन परिवारले सरकारसँग सम्पूर्ण स्रोत–साधन परिचालन गर्न आग्रह गरेको छ। परिवार अहिले एउटा फोनको प्रतीक्षामा छ- ‘हेमन्त भेटिनुभयो।’ हेमन्तकी श्रीमती हृदयश्वरी जोशी तथा बहिनीहरू सावित्री जोशी, सरिता जोशी र […]

Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.