
रसुवाका विभिन्न क्षेत्रमा विद्युत् सेवा पुनः सञ्चालन
जिल्लाको कालिका र नौकुण्ड गाउँपालिकाका अधिकांश क्षेत्रमा विद्युत् आपूर्ति पुनः सुचारु भएको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ। यसैगरी गोसाईंकुण्ड गाउँपालिकाअन्तर्गत धुन्चे, भार्खु तथा गोसाईंकुण्ड क्षेत्रमा समेत विद्युत् सेवा सञ्चालनमा आएको छ।
