
बढेर आयो पेट्रोलियम पदार्थको मूल्य, नबढाउने निगमको निर्णय
अन्तर्राष्ट्रिय बजारमा मूल्य बढे पनि सर्वसाधारणको सुविधाका लागि बिक्री मूल्य नबढाउँदा निगमलाई आगामी १५ दिनमा करिब १ अर्ब २४ करोड ५७ लाख घाटा हुने जनाएको छ ।
भारतीय आयल कर्पोरेसनबाट इन्धनको मूल्य बढेर आए तापनि नेपाल आयल निगमले तत्कालका लागि स्थानीय बजारमा मूल्य नबढाउने निर्णय गरेको छ। मंगलबार बसेको निगम सञ्चालक समितिको बैठकले भोटकोशी र रसुवामा आएको बाढी तथा प्राकृतिक विपद्को परिस्थितिलाई मध्यनजर गर्दै पुरानै मूल्यलाई निरन्तरता दिने निर्णय गरेको हो। स्वचालित मूल्य प्रणाली अनुसार मूल्य बढाउनुपर्ने अवस्था भए तापनि उपभोक्ताको हितका लागि मूल्य यथावत राख्दा निगमलाई आगामी १५ दिनमा करिब १ अर्ब २४ करोड ५७ लाख रुपैयाँ घाटा हुने अनुमान गरिएको छ।

अन्तर्राष्ट्रिय बजारमा मूल्य बढे पनि सर्वसाधारणको सुविधाका लागि बिक्री मूल्य नबढाउँदा निगमलाई आगामी १५ दिनमा करिब १ अर्ब २४ करोड ५७ लाख घाटा हुने जनाएको छ ।
3 more headlines since
अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्यमा उल्लेख्य वृद्धि भए तापनि नेपाल आयल निगमले तत्कालका लागि स्थानीय बजारमा इन्धनको मूल्य नबढाउने निर्णय गरेको छ।इन्डियन आयल कर्पोरेसन (आईओसी) बाट मूल्य बढेर आए पनि देशमा विद्यमान प्राकृतिक विपद्को परिस्थिति र भोटकोशीमा आएको बाढीका कारण सिर्जित समस्यालाई मध्यनजर गर्दै निगमले पुराना मूल्यलाई नै निरन्तरता दिने निर्णय गरेको हो।निगम सञ्चालक समितिको मंगलबार बसेको बैठकले भदौ १७ गते बुधबार बिहान ००:०१ बजेदेखि लागू हुने गरी साविककै खुद्रा बिक्री मूल्य कायम र

काठमाडौँ । अन्तरराष्ट्रिय बजारबाट बढेर आए पनि नेपालले भने यसपटक पेट्रोलियम पदार्थको मूल्य जारी मूल्य नै कायम राखेको छ।नेपाल आयल निगमले स्वचालित मूल्यवृद्धि सक्रिय भए पनि यसपटक रसुवा बाढीका कारण सिर्जित परिस्थितिलाई मध्यजनर राख्दै निगमनको सञ्चालक समितिको बैठकले मूल्यलाई यथावत नै राख्ने निर्णय गरेको हो। अहिले पेट्रोल प्रतिलिटर ३ दशमलव ३४ रुपैयाँ, डिजेलमा ४ दशमलव […]

काठमाडौं : नेपाल आयल निगमले पेट्रोलियम पदार्थको खुद्रा बिक्री मूल्य तत्कालका लागि यथावत् राख्ने निर्णय गरेको छ। अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य बढ्नुका साथै भारतीय आयल कर्पोरेसन (आईओसी)बाट प्राप्त नयाँ खरिद मूल्यका कारण निगममाथि थप आर्थिक
Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.
धादिङको बेनीघाट रोराङ गाउँपालिकास्थित कृष्णभीरमा त्रिशूली नदीको कटानका कारण पृथ्वी राजमार्गको सडक भासिएर पूर्ण रूपमा…
रसुवामा आएको बाढीपछि स्थानीय तह र प्रदेश सरकारका संयन्त्रहरू स्वतः सक्रिय नभएको भनी भौतिक पूर्वाधारमन्त्री सुनील लम्…
भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीका कारण भएको क्षतिको प्रारम्भिक बीमा दाबी २५ अर्ब ८७ करोड ३५ लाख रुपैय…