
८ दिन बितिसक्यो फर्किएनन् रमेश, बुवाले दिए डीएनएको नमुना
बुटवल । पाल्पाको दोभानमा रहेको थापा परिवारको घरमा आठ दिनदेखि एउटै प्रतीक्षा छ– रमेश फर्किन्छन् कि उनको कुनै खबर आउँछ । रसुवामा भदौ १० गते आएको भीषण बाढीपछि सम्पर्कविहीन भएका रमेशको खोजीमा परिवारले अनेक प्रयास गर्यो