अनुशासन उल्लङ्घन, पार्टी परित्याग गरेका, निधन भएका बाहेकले १५औँ महाधिवेशनमा भाग लिन पाउँछन्ः प्रवक्ता चालिसे
नेपाली कांग्रेसका प्रवक्ता देवराज चालिसेले पार्टीको अनुशासन उल्लङ्घन गरेका, पार्टी परित्याग गरेका, निधन भएकाबाहेक सबैलाई १५औँ महाधिवेशनका लागि भाग लिन पाउने गरी व्यवस्था मिलाइने निर्णय पार्टीको केन्द्रीय कार्यसम्पादन समितिले गरेको बताएका छन् ।पार्टीको केन्द्रीय कार्यालय सानेपामा आज बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकपछि जानकारी दिँदै प्रवक्ता चालिसेले १४औँ महाधिवेशनपछि सदस्यता नवीकरण गरे पनि अध्यावधिक नगरेकाहरूलाई १५औँ महाधिवेशनमा सहभागी हुन पाउने व्यवस्था मिलाउने निर्णय गरिएको बताएका छन्
