संघीय निजामती सेवा विधेयक मन्त्रिपरिषद्मा, यस्तो छ आगामी प्रक्रिया
लामो समयदेखि प्रतीक्षा गरिएको ‘संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ मन्त्रिपरिषद्मा पेस भएको छ ।भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गत साउन १८ गतेको मन्त्रिपरिषद् बैठकमा यो विधेयक पेस गरेको संघीय मामिला मन्त्रालयको उच्च स्रोतले जानकारी दिएको छ ।यसअघि मन्त्रालयले तयार पारेको यस विधेयकको मस्यौदा लामो समयसम्म कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयमा अध्ययनको क्रममा रोकिएको थियो । कानून मन्त्राल
