चिप अभावका कारण ढिलाइ हुने भयो एआईमार्फत हुने क्यान्सरको उपचार
बेलायतको सबैभन्दा ठूलो प्रविधि कम्पनी 'आर्म होल्डिङ्स'का प्रमुख कार्यकारी रेने हासले कृत्रिम बुद्धिमत्ता (एआई) ले मानिसले नसकेको क्यान्सरको उपचार हाम्रो जीवनकालमै पत्ता लगाउने दाबी गरेका छन्। यद्यपि, हाल विश्वव्यापी रूपमा देखिएको माइक्रोचिपको चरम अभावले एआईको यो विकास र अनुसन्धानको गतिलाई सुस्त बनाइरहेको उनले बताएका छन्।बीबीसीसँगको अन्तर्वार्तामा हासले मानव कोषिका र डीएनए मार्करमा क्यान्सरले पार्ने प्रभावको अध्ययन जटिल रहेको बताएका छन् । उनका अनुसार आजको मानव मस्तिष्क र सामान्य कम्प
