पेरिसको आइफिल टावरमा किन भयो हडताल ?
फ्रान्सको राजधानी पेरिसस्थित ऐतिहासिक आइफिल टावरका कर्मचारीहरूले व्यवस्थापनको कार्यशैलीप्रति आपत्ति जनाउँदै सोमबार हडताल गरेका छन् । एउटा हिन्दु धार्मिक समूहको भ्रमणका क्रममा महिला कर्मचारीहरूलाई उनीहरूको कार्यस्थलबाट हटाइएको विषयलाई लिएर सुरु भएको यो विवादका कारण पर्यटकीय गतिविधि पूर्ण रूपमा ठप्प भएको बीबीसीले समाचारमा उल्लेख गरेको छ । शनिबार 'बोचासनवासी अक्षर पुरुषोत्तम स्वामीनारायण संस्था'सँग आबद्ध करिब १०० जनाको टोलीले आइफल टावरको भ्रमण गरेको थियो । सोही क्रममा टावर व्यवस्थ
