मिथिलामा आज ‘कुशअमबसीया’ पर्व मनाइँदै
सांस्कृतिक र पारम्परिक चाडपर्वको धनी मानिने मधेसको प्राचीन मिथिला क्षेत्रमा आज ‘कुशअमबसीया’ पर्व मनाइँदैछ । चन्द्रमासको भदौको औँसी तिथिका दिन यो पर्व मनाउने मैथिल परम्परा छ । पर्वका अवसरमा आज सनातन वैदिक परम्पराका अनुयायी मैथिल कुश सँगाल्न लागेका छन् ।हिन्दू मैथिल परम्परामा भदौ औँसीका दिनलाई ‘कुशअमबसीया’ भनिन्छ । यस दिन वैदिक मन्त्रोच्चारण गर्दै धार्मिक विधि र कर्मकाण्डमा अति पवित्र मानिएको वनस्पति कुश सङ्ग्रह गरेर घरमा राख्ने चलन छ । यस दिन सङ्ग्रह गरिएको कुश वर्षभर

