Skip to content
kchakhabarehकेखबर
StoryNE onlyHotfirst: 8h agolast: 7h ago

काठमाडौं महानगरका तत्कालीन इन्जिनियरविरुद्ध साढे ४ करोडको सम्पत्ति शुद्धीकरण मुद्दा दायर

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काठमाडौं महानगरपालिकाका तत्कालीन इन्जिनियर रामबाबु महतो कोइरीसहित चार जनाविरुद्ध शुक्रबार विशेष अदालतमा सम्पत्ति शुद्धीकरण मुद्दा दायर गरेको छ। इन्जिनियर महतोले भ्रष्टाचार गरी कमाएको ४ करोड ४८ लाख ७९ हजार ८४१ रुपैयाँ बराबरको गैरकानूनी सम्पत्ति परिवार र आफन्तका नाममा राखी शुद्धीकरण गरेको अख्तियारको ठहर छ। मुद्दा दायर गरिएका अन्य प्रतिवादीहरूमा उनकी श्रीमती मालाकुमारी महतो, साली रीना कुशवाहा र साढुभाइ कृष्ण प्रसाद मेहता रहेका छन्। आयोगले उनीहरूविरुद्ध बिगो बमोजिमको जरिवाना, कैद सजाय र सम्पत्ति जफतको मागदाबी गरेको छ।

3 publishers · 3 headlines · 3 in 24h · developing over 1 hour
Broke firstRatopati logoRatopati

सालीदेखि साढुभाइसम्मको नाममा भेटियो काठमाडौँ महानगरका तत्कालीन इन्जिनियरको करोडौँको सम्पत्ती

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका तत्कालीन इन्जिनियर रामबाबु महतो भनिने रामबाबु महतो कोइरीसहित चार जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सम्पत्ति शुद्धीकरण (मनी लाउन्ड्रिङ) मुद्दामा आरोपपत्र दायर गरेको छ। गैरकानुनी सम्पत्ति आर्जन गरी शुद्धीकरण गरेको अभियोगमा अख्तियारले शुक्रबार

story3 publishers
Coverage

2 more headlines since

first · 8h agolatest · 8h ago
  1. काठमाडौं महानगरपालिकाका इन्जिनियरविरुद्ध साढे ४ करोडको सम्पत्ति शुद्धीकरण मुद्दा दायर

    काठमाडौं । काठमाडौं महानगरपालिकाका तत्कालीन इन्जिनियर रामबाबु महतो (कोइरी) सहित चारजनाविरुद्ध अख्तियारले सम्पत्ति शुद्धीकरण मुद्दा दायर गरेको छ । भ्रष्टाचारबाट आर्जित गैरकानुनी रकम नातागोताका नाममा राखी शुद्धीकरण गरेको ठहर गर्दै शुक्रबार विशेष अदालतमा आरोपपत्र दायर गरिएको हो । मुद्दा दायर गरिएका अन्य प्रतिवादीमा महतोकी श्रीमती मालाकुमारी महतो, साली रीना कुशवाहा र साढुभाइ कृष्ण प्रसाद मेहता […]

  2. काठमाडौं महानगरका तत्कालीन इन्जिनियर महतोसहित ४ जनाविरुद्ध साढे ४ करोडको सम्पत्ति शुद्धीकरण मुद्दा

    काठमाडौं महानगरपालिकाका तत्कालीन इन्जिनियर रामबाबु महतो कोइरीसहित उनको परिवार तथा आफन्तविरुद्ध गैरकानूनी सम्पत्ति आर्जन गरी शुद्धीकरण (मनी लाउण्डरिङ) गरेको आरोपमा मुद्दा दायर भएको छ ।अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीहरूविरुद्ध कुल ४ करोड ४८ लाख ७९ हजार ८४१ रुपैयाँ बिगो कायम गरी दोब्बर जरिवाना, कैद सजाय र सम्पत्ति जफतको मागदाबी गर्दै शुक्रबार विशेष अदालतमा मुद्दा दायर गरेको हो ।आयोगका प्रवक्ता सुरेश न्यौपानेका अनुसार प्रतिवादी इन्जिनियर महतोले भ्रष्टाचार गरी कमाएको धनलाई

    Lokaantar logoLokaantarPrivatestory3 publishers
Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.