ट्रम्पको ‘एकीकृत आयरल्यान्ड’ टिप्पणीको लक्षित श्रोता एटलान्टिकपारिका मतदाता थिए ?
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग कुनै अर्को देशका नेताको भेट हुँदा के हुन्छ भन्नेबारे एउटा कुरा निश्चित हुन्छ- अनिश्चितता !आयरल्यान्डको दुईदिने भ्रमणमा निस्कनुअघि पनि ट्रम्पको भ्रमणलाई लिएर यस्तै अनिश्चितता थियो । तर भ्रमणको पहिलो दिन सकिँदासम्म विश्वभरको मुख्य समाचार ट्रम्पले ‘एकीकृत आयरल्यान्ड’ हेर्न चाहेको अभिव्यक्ति बन्न पुग्यो ।ट्रम्पको उक्त अभिव्यक्तिको प्रभाव आयरल्यान्ड र बेलायतमा फैलिँदा यो अमेरिकी प्रशासनको नयाँ नीतिको संकेत हो कि पत्रकारको प्रश्नको तत्काल जवाफ दिने क्रम
.jpg)