कार्यसम्पादन मूल्याङ्कनमा काठमाडौँ महानगरपालिकाले पायो ७०.५ अङ्क
काठमाडौँ महानगरपालिकाले गरेको कार्यसम्पादनको प्रारम्भिक मूल्याङ्कनमा ७० दशमलव पाँच अङ्क प्राप्त गरेको छ ।कार्यवाहक प्रमुख सुनिता डङ्गोलको अध्यक्षतामा बसेको ५८औँ कार्यपालिका बैठकले प्रारम्भिक नतिजामाथि छलफल गरी पृष्ठपोषणका लागि आवश्यक विवरण जिल्ला समन्वय समितिमा पठाउने निर्णय गरेको छ ।उक्त मूल्याङ्कन आर्थिक वर्ष २०८२/८३ को हो । स्थानीय तहको बजेट, योजना तथा कार्यक्रमको प्रभावकारिता मूल्याङ्कन गर्न स्थानीय तह कार्यसम्पादन मूल्याङ्कन कार्यविधि, २०८२ अनुसार विभिन्न सूचक तय गरिएको छ ।मूल्याङ्कनमा सुशा
