
धनगढीका मेयर गोपाल हमाल बिरामी, उपचारका लागि काठमाडौं लगियो
धनगढी । धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमाल बिरामी परेका छन् । उनलाई अचानक उच्च ज्वरो आएपछि उपचारका लागि आइतबार काठमाडौं लगिएको बताइएको छ । अचानक स्वास्थ्यमा समस्या देखिएपछि परिवारले उपचारका लागि उनलाई काठमाडौं लगेको जनाइएको छ ।
