महिला कर्मचारीलाई महिनावारी/रजस्वला विदा दिने निजामति विधेयकमा व्यवस्था
काठमाडौं । सरकारले महिला कर्मचारीलाई महिनावारी विदा दिने प्रस्ताव गरेको छ। आज संघीय निजामती सेवा सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकलाई संसदमा दर्ता गर्दै सरकारले यस्तो व्यवस्था गरिएको हो। विधेयकको बुँदा १२५ मा निजामती कर्मचारीहरुले पाउने ९ प्रकारका बिदामा महिनावारी/रजस्वला विदा दिने उल्लेख छ। यसअघि महिला कर्मचारीलाई यस्तो विदाको व्यवस्था थिएन। The post महिला कर्मचारीलाई महिनावारी/रजस्वला विदा दिने निजामति विधेयकमा व्यवस्था appeared first on BIZMANDU.



